कुवेतमा घरेलु नेपाली महिला कामदार भाग्न खोज्दा ३ तल्लाबाट खसेपछि स्थिति गम्भीर,अस्पतालमा उपचार हुँदै

कुवेतमा घरेलु नेपाली महिला कामदार भाग्न खोज्दा ३ तल्लाबाट खसेपछि स्थिति गम्भीर,अस्पतालमा उपचार हुँदैकुवेत,२ माघ । भारतीय बाटो हुदै करिब एक महिना पहिले कुवेत आएकी नेपाली महिला कुवेती नागरीकको घरबाट भाग्न खोज्दा ३ तलामाथिबाट खसे पछि गम्भिर अवस्थामा अस्पतालमा उपचाररत छिन् ।

घरेलु कामदारको रुपमा अबैध बाटो हुदै कुवेत आएकी दाङ तुलसीपुरकी पुजा चौधरी आफु काम गर्ने घरको तेस्रो तलाबाट डोरी लगाई भाग्ने क्रममा डोरी चुडीएर तल खस्दा सख्त घाइते भै कुवेतको सुबैख स्थित अलराजी अस्पतालमा उपचार गराइरहेकी हुन् ।
मालिकले दिनानुदिन मानसिक तथा शारीरिक यातना दिन थालेपछि यातना सहन नसकी भाग्न खोज्दा खसेर सख्त घाइते भएकी पुजाको कम्मर मुनिको पुरै भाग चलेको छैन भने भोलि अप्रेशन हुन सक्ने अस्पताल स्रोतले बताएको छ । -श्रोत : हाम्रो संचार

Comments