बिहेका लागि अर्कैसँग फूलमाला भएपछि प्रेम प्रेमिकाले झुन्डिएर आत्महत्या (पुरा पढ्नुहोस)
बिहेका लागि अर्कैसँग फूलमाला भएपछि आत्महत्या
७ माघ, झापा । कनकाई नगरपालिका–७ दुर्गापुर निवासी अस्मिता तोलामी सार्की र सोही ठाउँका ईश्वर भट्टराईले शुक्रबार बिहान एकै ठाउँमा आत्महत्या गरेका छन् ।
कनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २० वर्षीया तोलामी र उनकै छिमेकी २२ वर्षीय भट्टराईले सिसौको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले दिएको जानकारी अनुसार बिहान ५ वजे घरबाट निस्किएका उनीहरुले प्लास्टिकको डोरीको प्रयोग गरेर आत्महत्या गरेका हुन् ।
आत्महत्या गरेका उनीहरु अङ्गालोमा बाँधिएर झुण्डिएको देख्दा प्रेम सम्बन्धका कारण यस्तो निर्णय गरेको हुनुपर्नेप्रहरी नायव उपरीक्षक थेवेले बताए।
माघ २४ गते केटीको विवाह हुने निश्चित भएको र उनको फूलमाला पनि भइसकेको पारिवारिक स्रोतले जनाएको छ । अस्मिताको विवाह विराटनगर निवासी एक व्यक्तिसँग निश्चित भएर फूलमाला भएको थियो । उनी स्थानीय भृकुटी उच्च मावीमा अध्ययनरत थिइन् ।

समाजमा अन्तरजातीय विवाहले अझै पनि सहज मान्यता पाएको छैन । त्यसैले यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन् । मृतक भट्टराई भने सवारी चालकको काम गर्दै आएका थिए । उनले ट्याक्टर चलाउँदै आएको स्थानीयवासीले बताएका छन् ।
Comments
Post a Comment