कलाकार दीपकराज गिरीलाई कडा कारवाहीको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा

https://i2.wp.com/www.dhankutakhabar.com/wp-content/uploads/2017/01/


काठमाडौं, २ माघ । चलचित्र छक्का पञ्जाका निर्माता एवं कलाकार दीपकराज गिरीलाई कडा कारवाहीको माग गर्दै आईतबार विभिन्न कलेजका विद्यार्थीहरुले -याली निकालेका छन् । कलाकार गिरी कृष्ण सुवेदीको हत्यारा भएको समेत उनीहरुले आरोप लगाएका छन् ।
नोबेल कलेज, सिस्ट कलेज र कर्णाली कलेजका विद्यार्थीहरुले कलाकार गिरीले मानसिक यातना दिएकै कारण कृष्ण सुवेदी (रुपेश) ले आत्महत्या गरेको बताएका छन् ।
चलचित्र छक्का पञ्जाको पाईरेसीको आरोपमा गत पुस २८ गते आत्महत्या गर्न बाध्य भएका नोबेल कलेजका विद्यार्थी कृष्ण सुवेदीको स्मृतिमा विद्यार्थीहरुले आईतबार -याली समेत निकालेका थिए । उक्त -याली सिनामंगलबाट सुरु भई पुरानो बानेश्वर, नयाँ बानेश्वर र बिजुलीबजार हुँदै माईतीघर मण्डलामा पुगी टुंगिएको थियो । टिभि अन्नपुर्णमा समाचार छ । नोबेल विद्यार्थी परिषद्का अध्यक्ष प्रशान्तजंग कुँवरको नेतृत्वमा -याली निकालिएको हो ।
विद्यार्थीहरुले कलाकार गिरीलाई हदैसम्मको कारवाही गर्नुपर्ने र छक्का पञ्जा पाईरेसी भएको विषयमा छानविन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । विद्यार्थीहरुले यस घटनाको सम्बन्धमा निष्पक्ष छानविन गर्न समेत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन पेश गरेका छन् ।
https://i0.wp.com/www.dhankutakhabar.com/wp-content/uploads/2017/01/

यसैबीच नेपाल विद्यार्थी संघ कुमारवर्ती बहुमुखी क्याम्पस कावासोती र नेविसंघ मध्यविन्दु बहुमुखी क्यामपस ईकाईले समेत कलाकार गिरीलाई कारवाही गर्नुपर्ने माग राखेको छ । दुवै इकाईले कृष्ण सुवेदीको मृत्यु भएको विषयलाई लिएर कारवाहीको माग गरेको हो । कलाकार गिरीलाई कानुनी कारवाही नगरेसम्म नवलपरासीको कावासोतीमा गिरीको कुनैपनि कार्यक्रम हुन नदिने दुवै नेविसंघ कावासोती ईकाईले जनाएको छ ।
source:dhankutakhabar.com

Comments