संघीयताको विरोधमा मधेसमा ठूलो प्रदर्शन, पहाडबाट तराई टुक्राए आन्दोलन चर्काउने , १ शेहर गरी साथ दिऔ ।
राजविराज, २३ पुस । तराईमा पर्ने सप्तरी जिल्लामा देश टुक्राउने संघीयताविरुद्ध ठूलो प्रदर्शन भएको छ ।
२९५औं पृथ्वी जयन्ती नजिकिँदै गर्दा राष्ट्रिय जनता पार्टी राजावादीले सदरमुकाम राजविराजमा संघियताको विरोध र राजसंस्थाको समर्थनमा विशाल प्रदर्शनका साथै आमसभा सम्पन्न गरेको हो ।
पृथ्वी जयन्तीका अवसरमा सात दिने देशव्यापी अभियान सञ्चालन गरेको पार्टीले मुलुकलाई स्थिरता प्रदान गर्न राजसंस्थानै चाहिने निस्कर्ष निकालेको छ ।
पार्टीका राष्ट्रिय अध्यक्ष किशोरी महतोको अगुवाइमा गरिएको प्रदर्शनमा सहभागीले ‘हिन्दू राष्ट्र कायम गर, २०७२ को संविधान खारेज गर, पृथ्वी जयन्तीको अवसरमा पौष २७ गतेका दिनलाई राष्ट्रिय विदा घोषणा गर, राजसंस्था पुनर्वहाली गर’ लगायतका नारा लगाउँदै जुलस प्रदर्शनसहित नगरका विभिन्न भागको परिक्रमा गरेका थिए । प्रदर्शनमा महिलाहरूको उल्लेख्य सहभागिता थियो ।
नगर परिक्रमापश्चात जिल्ला प्रशासन कार्यालयअगाडि स्थानीय शिव मन्दिर प्राङ्गणमा आयोजित आमसभामा राष्ट्रिय अध्यक्ष महतोले २०७२ को संविधान जनताको चाहना र राष्ट्रिय हितविपरीत भएको भन्दै त्यसलाई खारेज नगरिए आन्दोलन चर्काउने चेतावनी दिइन् ।
निषेधको राजनीति बन्द गरी हिन्दू राष्ट्र र राजसंस्थाको पुर्नवहाली गर्नुपर्ने माग गर्दै उनले त्यसो नगरिए विद्रोहको सृजना हुने बताइन् । राजसंस्था र हिन्दू धर्म नै शान्तिको प्रतीक भएकाले त्यसको पुनर्स्थापना र संरक्षण गर्नुपर्ने उनको भनाइ थियो ।
राष्ट्रिय जनता पार्टी (राजावादी) सप्तरीका अध्यक्ष डा. देव नारायण यादवको अध्यक्षतामा आयोजित सभामा बोल्दै अन्य केन्द्र्रीय नेताहरूले पनि राजसंस्था र हिन्दू राष्ट्र पुर्नवहाली हुनुपर्ने माग गरेका थिए ।
पार्टीका नेताहरूले मधेसको जायज माग सम्बोधनका लागि आफूहरूले पनि सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।
शिवहरिप्रसाद भट्टराईबाट ।
Comments
Post a Comment