सबैले १,१ शेहर गर्नुहोस झलकमा तेरियालाई जिताऔं अभियान



सबैले १,१ शेहर गर्नुहोस झलकमा तेरियालाई जिताऔं अभियान






माघ ३, २०७३-
भारतीय टेलिभिजन च्यानल जिटिभीको अत्यन्तै लोकप्रिय डान्स रियालिटी सो सन् २०१२को ‘डिआईडी सिजन ३’ की विजेता बन्न सफल बुटवल नजिकै रुद्रपुरकी १४ बर्षकी नेपाली चेली तेरिया फौजा मगर फेरी भारतको अर्को टेलिभिजन च्यानल कलर्सको लोकप्रिय डान्स रियालिटी सो झलक दिखलाजामा पनि फाइनलमा पुगेकी छिन् । आउने शनिवार जनवरी २१ तारीखका दिन हुने ग्य्राण्ड फाइनलमा भिडन्त गर्न लागेकी नेपालकी तेरिया फौजा मगरलाई जिताउनका लागि शुरु गरिएको ‘तेरिया जिताऔं अभियान’ का बारेमा तेरिया मगर फाउण्डेसनका अध्यक्ष तथा तेरियाका हजुरबुवा कृष्ण फौजा मगरले एक कार्यक्रममा जानकारी गराएका छन् ।

गत शनिवारको एपिसोडमा पनि निर्णायकहरुबाट ४० मा ४० नम्बर प्राप्त गरेर अत्याधिक नम्बर प्राप्त गर्ने प्रतिस्पर्धि जोडी मानिएका तेरिया मगर र उनको जोडी अर्थात डान्स पार्टनर आर्यन पात्रलाई निर्णायकहरु बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिस, कोरियोग्राफर फराह खान र गणेश हेगडे तथा बलिउडका चर्चित निर्देशक करण जौहरले उनीहरुको नृत्य क्षमताको मुक्तकण्ठले प्रशंसा पनि गरेका थिए ।

साप्ताहिकसंगको टेलिफोन सम्पर्कमा आएकी तेरियाले भोली शनिवार प्रसारण हुने फाइनलका लागि दिनरात एक बनाएर नृत्य अभ्यास गरिरहेको बताइन् । उनले भनिन्–‘नेपाल र नेपालीको नाम यसअघि डिआइडी जितेर विश्वसामू चिनाउने अवसर पाएकी थिएँ । अहिले दोश्रोपटक पनि त्यसैगरी नेपालको नाम उच्च गर्ने अवसर पाएकी छु । निर्णायकहरुको छनौटमा पर्नु मेरो मेहनतको परिणाम होला, तर अब दर्शकको साथ पाएँ भने मात्र विजेताको ट्रफी उचाल्न पाउनेछु । त्यसैले नेपाल, भारत तथा संसारभरी रहनु भएका समस्त नेपालीहरुलाई एसएमएस तथा अनलाइन भोटिङ गरि मलाई जिताउन सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।’


भोटिंगका लागि
तेरियालाई जिताउनका लागि धेरै संख्यामा एसएमएस तथा इमेल भोटको आवश्यकता पर्दछ । तेरियालाई भारतमा रहेकाहरुले उतैको सिमकार्डबाट बढिमा एक सय पटकसम्म एसएमएस भोटिंग गर्न सक्नेछन् । अनलाइन भोटिंगका लागि पनि एउटा अनलाइन पिसीबाट पनि एक सयपटकसम्म भोट गर्न सकिनेछ । भोटिंग गत शनिवार जनवरीबाट शुरु भैसकेको छ भने १९ जनवरी, बिहिबार राती ९ बजेसम्म भोट गर्न सकिनेछ ।
तल दिएको लिंकमा गएर क्लिक गर्ने, यसपछि होम पेजको दाँयातिर भोटिङमा क्लिक गरेपछि तेरिया लगायत अन्य तस्विरहरु देखिन्छन्। यसको ठिक माथि लग इन भन्नेमा गएर पुनस् किल्क गर्ने । त्यसपछि फाइल खुल्छ त्यहाँ फेसबुक, ट्विटर र ईमेल आफूले कुन माध्यम मार्फत तेरियालाई भोट गर्ने हो निश्चित भएर भोट दिने ।
Voting Details :
Mobile Voting : Type “TER” & send to 56882 (only in India)
Online voting website : www.colorstv.com/jhalak
source: Ekantipur

Comments