“यसरी टुक्रिदैछ मधेस” सुबास शर्माको एक जबर्जस्त विश्लेषण



देशमा संविधान जारी भएपछि संघीयतामा जानलागेको देश भित्र आफ्नो प्रदेशको प्रतिक्षामा बसेका नेपालीहरुलाई अहिले देशबाटै अलग बनाउन खोजिएको मधेसको रक्षा कसरी गर्ने भन्ने चिन्ताले पिरोलिरहेको छ।

चिन्ता नलागोस् पनि कसरी। आफू जन्मेर लडिबुडी गर्दै हुर्केको देशको माटो अरु कसैले खोसेको टुलुटुलु हेर्दै बस्न कुन नेपालीको मनले देला र। तर यहाँ हाम्रै अगाडि यो देशबाट मधेस टुक्र्याउने गम्भीर सड्यन्त्र भैरहेको भित्री रहस्य सायद कमैलाई थाहा होला।

अबको केही समयपछि भारतले आफ्नो भूमिमा गोप्यरुपमा तालीम दिईरहेको तराईका भुमिगत अपराधीक संगठनहरुलाई नेपालको तराई क्षेत्रमा उतार्नेछ। तराईमा अबको केही समयपछि ती अपराधीक संगठनहरुले ठुलै बितन्डा मच्याउनेछन् र त्यहीँ समयमा CK Raut ले आफ्ना मान्छेलाइ एकैसाथ सडकमा उतारेर स्वतन्त्र मधेसको नारा दिएर आन्दोलन थाल्नेछन्।

एकातिर सि.के राउतको सडक आन्दोलन र अर्कोतर्फ भारतले हतियार सहित तालीम दिएर पठाएका मधेसी टाईगर, गोहीत समूह जस्ता भुमिगत अपराधीक समूहले हत्याहिंसा गरेर मधेसलाई अशान्त पार्नेछन्।

आन्दोलन र हत्या हिंसाले मधेस अशान्त हुँदैजानेछ र नेपालमा रहेका केही कथित मानवअधिकार बादी, भारत, लगाएत केही पश्चिमा रास्ट्रले आन्दोलनरत पक्षको माग सम्बोधन गर्न दबाब दिनेछन् र अहिले सम्म गोप्यरुपमा सि.के राउतलाई साथ दिईरहेका मधेसी दल र बाबुरामहरुले सि.के राउतले भनेजस्तै नेपालबाट मधेस अलग हुने या नहुने बिषयमा जनमत मार्फत टुंगो लगाउनुपर्ने आवाज उठाउनेछन् ।

यसरी अन्तरास्ट्रिय तथा देश भित्रबाटै दबाब खेपिरहेपछि नेपाल सरकारले चुनावको बाताबरण मिलाउनुपर्ने हुन्छ।

त्यसपछि तराईमा तरकारी किने जसरी नागरिकता किनेका ५० लाख बिहारीहरुले स्वतन्त्र मधेसको पक्षमा मतदान गर्नेछन र यदि स्वतन्त्र मधेसको पक्षमा ५१% मत परेको खण्डमा नेपालबाट मधेस सदाको लागि अलग हुनेछ। र त्यहीँ दिनदेखि नेपालमा भारतीय चलखेल अन्त्य हुनेछ। किनकी आजसम्म नेपालको राजनितिमा भारतिय चलखेल त्यहीँ मधेस अलग गराउनको लागी भैरहेको छ। त्यो कुरा ईतिहास देखिनै छर्लङ्ग हुदै आएको छ।

अहिले मधेसी दल र माओवादीले मधेसका जिल्लामा पहाडका जिल्लाहरु समेटेर प्रदेश बनाउन नदिनुको कारण यहीँ ग्रान्ड डिजाईनका लागी हो। किनकी भोली मधेसमा स्वतन्त्र रास्ट्रको लागि मतदान भएको खण्डमा त्यहाँ पहाडका जिल्लाका मानिसले मतदान गर्न नपाउन् ताकी, स्वतन्त्र मधेसको लागि मतदान गरेकाहरुको विपक्षमा मत हाल्ने नेपालीहरुको मतले उनीहरुको मतलाई अल्पमतमा नपारोस् ।

मधेसका २२ जिल्लालाई मात्रै समेटेर दुई प्रदेश मात्र बनाएपछि भोली उनीहरुलाई नेपालबाट मधेस टुक्र्याउन सजिलो हुन्छ। कारण -मधेसका जिल्लामा बिस्तारै त्यहाँका बास्तबिक रैथाने नेपालीको जनसंख्यालाई अंगिकृत नागरिक र गैरकानुनी रुपमा नागरिकता लिएका बिहारीहरुको जनसंख्याले जित्दैछ। मधेसका जिल्लामात्र समेटेर प्रदेश बनाउनुको मुख्यकारण भोली मधेस अलग हुनको लागी मतदान हुदैगर्दा त्यो मतदानमा पहाडी जिल्लामा बस्ने नेपालीले मतदान गर्न नपाउन भन्ने मात्रै हो।

यो ग्रान्ड डिजाइनको बारेमा नेकपा एमाले लगायत चित्रबहादुर केसीको संयुक्त जनमोर्चा पार्टीले गतिलै सुईको पाईसकेको छ। त्यसैले उनिहरुले मधेसका जिल्लाहरुमा पहाडका जिल्लालाई समेत जोडेर प्रदेश बनाउनुपर्ने अडान राख्दै आएका छन्। झन भर्खरै एमाले नेता तथा पुर्ब रक्षामन्त्री “भिम रावलले” त बलियो सूचना प्राप्त गरेर भारतको ‘पटनामा’ नेपाल टुक्र्याउने योजना बनेको र उक्त गोप्य योजनामा केही मधेसी दल र सि.के राउत समेत सहभागी रहेको भनेर रास्ट्रपतिलाई जानकारी गराईसकेका छन् ।

रास्ट्र बचाउनको लागी मधेसका जिल्लासंग पहाडका जिल्लाहरु समेत समेटेर प्रदेश बनाउनु पर्ने अडान राख्दै आयको एमाले पार्टीलाई अहिले माओवादी लगायत मधेसी दलका केही नेताहरुले “नेपालभित्र मधेस नदेख्ने एमाले” भन्ने आरोप लगायर मधेसका जनतालाई झनै उचालिरहेका छन्।

यसैगरी जनतामा भ्रम छरेर एमालेलाई मधेस बिरोधि जस्तो देखाउने र मधेसी जनतालाई झनै उग्र बनाई अलग रास्ट्रको निम्ति उक्साईरहेका छन् ।

यदि हामीले यो कुरा बेलैमा बुझेर चनाखो हुदै देश टुक्र्याउन खोज्नेहरुका विरुद्ध एकजुट भै सशक्तरुपमा अगाडि बढ्न सकेनौ भने, भोलि तपाई हाम्रै अगाडि बिश्वमा ‘मधेस’ यौटा अलग रास्ट्र भएर उदाउँने छ।

Comments