रुकुम, १८ पुस । रुकुममा आफ्नै ठुलो बुवाबाट १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको मुसिकोट नगरपालिका ११ क्वाम्मा घर भई चौखावाङ १ च्यानडाँडामा रहेको ठुलिआमाको घरमा वस्दै आएकी बालिका ६३ वर्षीय वीरबहादुर बुढाबाट बलात्कृत भएकी हुन् ।>>
रुकुम, १८ पुस । रुकुममा आफ्नै ठुलो बुवाबाट १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको मुसिकोट नगरपालिका ११ क्वाम्मा घर भई चौखावाङ १ च्यानडाँडामा रहेको ठुलिआमाको घरमा वस्दै आएकी बालिका ६३ वर्षीय वीरबहादुर बुढाबाट बलात्कृत भएकी हुन् । आमाकी दिदीको घरमा बस्दै आएकी बालिकालाई ठुलिआमाको श्रीमान् वीरबहादुरले डर, त्रास देखाएर धम्क्याउदै पटक पटक बलात्कार गरेको खुलेको छ । ७ महिनाको गर्भपतन गराएपछि घटना बाहिरियो वीरबहादुरले विगत एक वर्षदेखी बालिकासँग जवरजस्ती शारीरिक सम्वन्ध राख्ने गरेको भएपनि घटना भने पुस पहिलो साता सार्वजनिक भएको हो । विद्यालयको अर्धवार्षिक परिक्षामा सहभागी नभएपछि विद्यालयले खोजतलास गर्दा वालिका बिरामी अवस्थामा भेटिएकी थिइन । त्यसक्रममा बालिकाको पेट एक्कासी घटेको पाईएपछि शंका उत्पन्न भएको थियो । घटनाको बारेमा बुझ्दै जादा बालिकालाई सदरमुकाम ल्याएर करिब ७ महिनाको गर्भपतन गराएको खुल्नमा आएको (नाम नबताउने सर्तमा) एक स्थानीयले जानकारी दिए । पुस ५ गते सदरमुकाम आएर बालिकाको गर्भपतन गराएको उनले बताए । बालिका जनशिक्षा आधारभुत विद्यालयमा कक्षा आठमा अध्यनरत छिन् । खुर्पा देखाएर धम्क्याउदै बलात्कार खुर्पा देखाएर धम्क्याउदै आफूमाथि बारम्बार बालात्कार भएको बालिकाले बताइन् । घटनाको बारेमा सबै गाउँलेहरुले थाहा पाएपछि बालिकाले आफू माथि भएको दुव्र्यवहारको खुलासा गरेकी हुन् । पछिल्लो १ वर्षदेखि पटक पटक बलात्कृत हुँदै आएको उनको भनाइ छ । विगत ३ वर्षदेखी ठुलिआमाको घरमा वस्दै आएकी बालिकाले गत वर्षको फागुन देखि ठुलोबुलाले आफूमाथि जवरजस्ती गर्न थालेको बताएकी छिन् । वीरबहादुरले खुर्पा देखाएर ‘कसैलाई भनिस् भने तलाई नै मार्दिन्छु’ भन्दै धम्कि दिने गरेको उनि बताउछिन् । पटक—पटक आमा र ठुलिआमालाई भन्ने प्रयास गरे तर ठुलोबुवाले दिएको धम्की सम्झदा भन्न सकिन, उनले भनिन् । गाउँमै मिलाउने प्रयास घटना सार्वजनिक भएको करिब २ सातासम्म पनि कानूनी उपचार खोजिएको छैन । घटनालाई गाउँमै लुकाउने प्रयास भैरहेको छ । अहिले गाउँमा दिनहुँ जसो घटनालाई मिलाउन कचहरी बस्ने गरेको छ । ५० हजारमा कुरा मिलाउने प्रयास भैरहेको बुझिएको छ । तर बाल सञ्जाल र आमा समुहहरुले यस्ता घटना पैसामा मिलाउन नहुने भन्दै विरोध जनाइरहेका छन् । यसअघि पनि यस्ता कार्यमा संलग्न २०३५/०३६ सालतिर शिक्षक रहेका वीरबहादुर यसअघि पनि पटक—पटक यस्ता कार्यमा संलग्न रहेको स्थानियले बताएका छन् । यसअघि उनि संलग्न २ घटनालाई गाउँमै मिलाइएको थियो । २०४५/०४६ तिर उनले गाउँकै दुई महिलालाई जवरजस्तीकरणी गरेको स्थानिय बताउँछन् । जवरजस्तीकरणीबाट दुई महिला गर्भवति भएका थिए । तर उक्त घटनालाई कानूनी पक्रियासम्म पुग्न दिइएको थिएन । खबर नयाँ पत्रिका दैनिकमा छ ।
Comments
Post a Comment