सुनसरी १ माघ – सुनसरीको पश्चिमी क्षेत्र हरिपुर–८ स्थित पूर्वपश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। प्रहरी उपरीक्षक पोषराज पोख्रेलका अनुसार जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना६ख २९३१ नंको बसले को २९ ख ५५३० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोरङ हसन्दहका सुमन बास्तोला, इटहरी–५ का कान्छा तामाङ तथा एक जना नाम नखुलेका पुरुषको मृत्यु भएको छ। मृत्यु भएका तेस्रो व्यक्तिको सनाखत हुन सकेको छैन । सनाखत हुन नसकेका व्यक्ति मोटरसाइकलमा सवार थिए वा सडकयात्री भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बसचालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताइएको छ ।
Comments
Post a Comment