नेपालगन्जमा श्रीमती संग झगडा परेपछि, श्रीमानले शरीरमा मट्टीतेल छर्केर ज्युदै श्रीमती जलाएर फरार - See more at:



नेपालगञ्ज ७ माघ – महिलामाथि ज्यूदै आगो लगाउने घटनाको बिहीबार नेपालगन्जमा पुनरावृत्ति भएको छ ।
बिहीबार राती करिब ९ बजेतिर नेपालगन्ज–१२ बाके गाउ खड्गन पुरवामा आफ्नै श्रीमान्ले आगो लगाएर श्रीमतिको हत्या प्रयास गरेका हुन् । वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज, प्रहरी निरीक्षक राजन गौतमका अनुसार, २५ बर्षिय राजेन्द्र खटिकले आफ्नी श्रीमतिलाई आगो लगाएर फरार भएका हुन् ।


‘खाना खाने क्रममा विवाद बढेपछि बलिरहेको टुकी खन्याएर आगो लगाएको देखिन्छ’, प्रहरी निरीक्षक गौतमले दैनिक नेपालगन्ज स“ग भने । उनका अनुसार, ८ः५५ बजे भएको घटना लगत्तै उनको चिच्याहट सुनेर छिमेकीहरु उद्दारका लागि पुगेका हुन् । ‘गाउलेहरुले आगो निभाउन नसकेपछि पुगेका एक प्रहरी हवल्दारले महिलामा लागेको आगो नियन्त्रणमा लिन सके’, प्रहरी निरीक्षक गौतमले भने, ‘त्यतिञ्जेल म आफै पुगेर महिलालाई उपचारका लागि भेरी अञ्चल अस्पताल पुर्याएको हु“ ।’
मध्यरातमा जमुनाह हुदै नाका क्षेत्रमा प्रहरी टोली लिएर खटिकको खोजीमा सक्रिय प्रहरी निरीक्षक गौतमले आगोले महिलाको टाउको, अनुहार, छाती र हात जलेको जानकारी दिए । ‘उनको स्थिति चिन्ताजनक छ’, गौतमले भने ।
करिब ३ बर्षअघि विवाह गरेका खटिकले श्रीमतिको काखमा रहेको डेढ बर्षको सन्तानलाई एकातिर तानेर श्रीमतिमाथि आगो खन्याएको प्रहरी अनुमान छ । ‘बच्चालाई आगोले क्षति पुर्याउन पाएन’, प्रहरीले भनेको छ । वैदेशिक रोजगारबाट फर्किएका खटिकले श्रीमतिसग खटपट परेपछि झण्डै डेढ महिना अलगअलग बसेको परिवार स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । ‘आपसी विवाद बढ्दै गएपछि बाबुआमा सग छुट्टिएका उनीहरु केहीदिनयता मात्रै एकै ठाउ“ बस्न थालेका थिए’, घटना बारे अनुसन्धान खुलाउदै गौतमले भने ।

Comments