हिमपातले अवरुद्ध बाटो खोल्न गएको सेनाको गाडी डोटीमा पल्टियो, ३६ जना सैनिक घाइते, उद्धारका लागि सेनाको हेलिकप्टर जाँदै - See more at:
डोटी, २४ पुस । हिमपातका कारण अवरुद्ध भएको अत्तरिया–स्याउले जोड्ने भिमदत्त राजमार्ग खोल्न गएको नेपाली सेनाको एक वानटन नामक गाडी पल्टिएको छ । सुदूरपश्चिम पृतना दिपायलले दिएको जानकारी अनुसार डडेल्धुरामा तैनाथ रहेको नेपाली सेनाको गरुडदल गणबाट हगुल्टेमा परेको हिमपातले बन्द भएको बाटो खोल्न सेनानी कृष्ण अधिकारीको कमाण्डमा गएको टोली बाटो खोलेर फर्किदा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर सेनानी अधिकारीसहित ३६ जना सैनिकहरु घाइते भएका छन् । घाइतेहरुको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालतमा उपचार भइरहेको सेनाले जनाएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर आउँदै गरेको समेत सुदूरपश्चिम पृतना दिपायलले जनाएको छ । डडेल्धुराको साहुँ खर्क भन्ने ठाउँमा गाडी पल्टिएको हो ।
Comments
Post a Comment