जेठदेखि नेपाल लोडसेडिङमुक्त, यो चमत्कारको सुरुवात होः प्रधानमन्त्री
काठमाडौं, फागुन १७— प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो जेठदेखि मुलुक पूर्ण लोडसेडिङमुक्त हुने बताएका छन् । आज (मंगलबार ) सिंहदरवारबाट राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अब देशमा लोडसेडिङ नहुने र जेठदेखि मुलुकलाई लोडसेडिङमुक्त घोषणा गर्ने बताएका छन् ।
गरे सबै काम सम्पन्न हुन्छ भन्ने कुरा लोडसेडिङमुक्त अभियानबाट प्रष्ट भएको बताउँदै उनले अब मुलुक विकासको चरणमा प्रवेश गरेको छ । गएको तिहारदेखि प्राधिकरणले काठमाडौं उपत्यकालगायत वनेपा, धुलिखेल र पाँचखाललाई लोडसेडिङमुक्त बनाउने अभियान सुरु गरेकोमा विस्तारै मुलुलकभरी नै आधारभूत रुपमा लोडसेडिङ हटाउन सफल भएको छ ।
विद्युत प्राधिकरणको कुशल व्यवस्थापन, आपूर्ति प्रणालीमा सुधार, आयोजनाको उत्पादनमा वृद्धि र विद्युत आपूर्तिमा सन्तुलन कायम गर्दा प्रणालीमा अझै ३८० मेगावाट अपुग हुँदा पनि मुलुक आधारभूत रुपमा लोडसेडिङमुक्त भएको छ । प्रधानमन्त्रीले यसलाई चमत्कारको सुरुवात भनेका छन् ।
Comments
Post a Comment