काठमाडौं,फागुन १२ – कलंकी चोक नजिकै बम भएको हल्लाले एकछिन स्थिति तनावग्रस्त बनायो । बिहीबार दिउँसो बमको हल्लासँगै मानिसहरुको भीड लाग्यो र एकाएक आवातआवत ठप्प पारेर अनुसन्धान सुरु गर्दा फर्सी भेटियो । झण्डै आघा घण्टाको प्रयासपछि सेनाले उक्त शंकास्पद बस्तु डिस्पोज गराउँदा फर्सी भएको पत्ता लागेको हो ।
प्रहरीले शंकास्पद बस्तु बम हुनसक्ने सूचना पाएपछि सेनालाई खबर गरेको र डिस्फोज नहुँदासम्म स्थितिलाई नियन्त्रणमा राखेको जनाएको छ । बम भनेर डिस्पोज गराउँदा फर्सी भेटिएपछि अहिले स्थिति सामान्य बनेको छ ।
झण्डै आधि घण्टाको प्रयासपछि सेनाले उक्त शंकास्पद बस्तु डिस्पोज गराउँदा फर्सी भएको पत्ता पुगेको हो । यसरी कपडाको पोकोमा रहेको शंकास्पद बस्तुले सामान्य नागरिक, प्रहरी र सेनासम्मलाई धेरैबेर तनावमा पारेको छ ।
Comments
Post a Comment