केपी ओलीको नयाँ रणनिती : कमल थापा र बिजय गच्छदारलाईसमेत विश्वासमा लिएर संविधान संशोधन असफल पार्ने



काठमाडाैं, १२ फागुन । प्रमुख प्रतिपक्षी एमालेसहित नौ दलले यथास्थितिमा संविधान संशोधन प्रस्ताव स्वीकार नगर्ने भन्दै आएका सत्तारुढ दल राप्रपा र फोरम लोकतान्त्रिकलाई पनि विश्वासमा लिने प्रयास गर्ने भएका छन् ।

अाजको नयाँ पत्रिकामा खबर छ– प्रक्रियामा अघि बढाउँदा उनीहरूको पक्ष–विपक्ष मत महत्वपूर्ण हुने भएकाले उनीहरूले दुई दलसँग पनि थप छलफल गरेपछि मात्रै ठोस निर्णयमा पुग्नु उपयुक्त हुने निष्कर्ष निकालेका हुन् ।

विपक्षी गठबन्धनको बैठकमा एमाले अध्यक्ष केपी ओलीले गठबन्धनको दायरा अझ फराकिलो हुने गरी ती दुई दलसँग छलफल आवश्यक रहेको बताएका थिए ।

Comments