काठमाण्डौबाट हिंडेको माइक्रो त्रिसुलिमा खस्दा ६ जनाको मृत्यु । Read news
काठमाडौबाट त्रिशुली आउँदै गरेको माईक्रोबस दुर्घटना हुदाँ ११ जनाको मृत्यु,#Rip १२ जना गम्भिर घाईते ।
मदानपुर गा.वि.स.को वडा नम्बर ८ स्थित केउरीनी स्थिती जोगीभिर भन्ने स्थानमा भएको माइक्रो बस दुर्घटना बाट ८ जनाको घटनास्थलमा र थप तीन जनाको उपचारको क्रममा काठमाडौमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा माइक्रोबसका चालक बेलकोट गाविसका दामोदर कँडेल, नेपाली सेनाको सैन्य तालिम केन्द्र मैथली ब्यारेकमा तालिमरत सैन्यहरु यसोदा कार्की, ईश्वर कार्की, ओखलढुङ्गा घर भएका सन्तोषी बोगटी र रामेछाप घर भएका लक्ष्मी श्रेष्ठको सनाखत भएको छ । घटनास्थलमा मृत्यु भएका तीन जना र उपचारको क्रममा काठमाडौमा मृत्यु भएका तीन जनाको सनाखत हुन बाँकी रहेको छ ।
मृत्यु हुने अन्य ६ जनाको सनाखन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको माईक्रोबस सडकबाट सात सय मिटर तल पुगेको प्रहरीले जनाएको छ । काठमाडौबाट त्रिशुली आउँदै गरेको बा.१ ज ७५८३ नम्बरको माईक्रोबस पासाङल्हामू मार्ग अन्तर्गत केउरनीमा दुर्घटना भए लगत्तै घाइतेको उद्धार, मृतकको शव संकलन गर्न आफूहरु केन्द्रित रहेका प्रहरी चौकी ककनीका प्रहरी निरीक्षक जयराम वन्तले बताउनुभएको छ ।
माईक्रोबसमा २३ जना भन्दा यात्रुहरु रहेकोमा १८ जना सैन्य तालिम केन्द्र मैथलीमा तालिम गर्दै आएका सैन्यहरु रहेका छन् । तालिमरत सैन्यहरु काठमाडौबाट सैन्य तालिम केन्द्र त्रिशूलीमा आइरहेका थिए ।
घाइते भएका मध्ये दुई जनाको वीर अस्पतालको ट्रमा सेन्टर र १० जनाको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको नुवाकोट प्रहरीले जनाएको छ । साँघुरो सडकमा तिव्र गतिमा भएको करण दुर्घटना भएको बताईएको छ । दुर्घटनाबाट घाइते तथा मृतकको उद्धारमा स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मी परिचालन भएको थियो ।
घाइते भएका मध्ये गम्भिर अवस्थाको पाँच जनालाई हेलिकोप्टरमा राखेर काठमाडौ पठाइएको थियो । दुर्घटनामा परी घाइते भएकाहरुको उपचार र मृतकको शव व्यवस्थापन गरी पहिचान गराई परिवारलाई जिम्मा लगाउन आफूहरु केन्द्रित रहेको घटनास्थल पुग्नुभएका नुवाकोटका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभएको छ ।
मृतक मध्ये चालक दामोदर कँडेलको शव जिल्ला अस्पताल त्रिशूलीमा ल्याइरहेको छ भने बाँकी सबैको शव त्रिवि शिक्षण अस्पताल काठमाडौ लगिएको छ । घटनास्थलमा रहेका घाइते र मृतकको सामाग्रिहरु प्रहरीले संकलन गरी जिल्ला प्रहरी कार्यालय विदुरमा ल्याएको छ ।
पत्रकार खेम राज खनाल सरको रिपोर्ट बाट साभार ।।

Comments
Post a Comment