पाणिनी क्याम्पसमा तोडियो अनेरास्ववियुको किल्ला संयुक्त प्यानल भारी मतले विजयी , share it

हिन्दुखबर संवाददाता 
सन्धिखर्क, १६ फागुन
अर्घाखाँची जिल्लाको एकमात्र शैक्षिक धरोहरका रुपमा परिचित पाणिनी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ, क्रान्तिकारी, विप्लव र नयाँ शक्ती सहितको संयुक्त प्यानल भारी मतले विजयी भएको छ ।
पाणिनी क्याम्पसमा तोडियो अनेरास्ववियुको किल्ला संयुक्त प्यानल भारी मतले विजयीइतिहासमा भएको ३÷३ पटकको चुनावमा अनेरास्ववियुले चुनाव जितेपनी अहिलको स्ववियु चुनावमा सवै संगठनहरु एकजुट भएर अनेरास्ववियुलाई हराउन लागेका थिए र अनेरास्ववियुको प्रत्यक्ष तर्फ पत्ता साफ भएको छ ।
पटक पटक चुनाव जितिरहेको ठाउँ पाणिनी क्याम्पसमा अनेरास्ववियुले आफनो जित हुन्छ भनिरहदाँ नेविसंघको समर्थनमा क्रान्तिकारीका लमण खड्का अध्यक्षमा भारी मतले विजयी हुनुभएको छ । खड्काले २६६ र उनका प्रत्यासी अनेरास्ववियु र छैठौका उम्मेदवार वसन्त श्रेष्ठ १९६ मत ल्याएका हुन ।
खड्का श्रेष्ठ भन्दा ७० मत धेरै ल्याएर भारी मतले चुनाव जितेका हुन । त्यस्तै नेविसंघको तर्फबाट सचिव पदका उम्मेदवार बर्जना खनालले २६१ मत ल्याउनुभएको थियो भने, खनालकी प्रत्यासी सन्देश खनाल १८४ मत ल्याएका थिए । सन्देशको भन्दा बर्जनाको ७७ मत बढी ल्याएर चुनाव जितेकी हुन । त्यस्तै कोषाध्यक्ष पदका उम्मेदवार नेविसंघकै घनश्याम पौडेलले २५७ र उनका प्रत्यासी भुवन खनाल १९२ मत ल्याएका थिए । खनालको भन्दा पौडेलको ६५ मत बढी ल्याएर चुनाव जितेका हुन । त्यस्तै सदस्यहरुमा नेविसंघका उम्मेदवार तथा संयुक्त प्यानल नै विजयी बनेको छ । सुशील बेल्बासेको २५७, अनिसा साही ठकुरीको २५३, सर्मिला पन्थीको २४४ ल्याएर भारी मतका साथ चुनाव जितेका हुन । सदस्यहरुका प्रत्यासिहरु ठाकुर भुसाल २०४, प्रकास राउत क्षेत्री १८१ र पुस्पा गैरले १८६ ल्याएका थिए ।
अर्घाखाँची जिल्लामा विभिन्न क्षेत्रमा बामपन्थी एकता भएपनी पाणिनी बहुमुखी क्याम्पसमा भएको स्ववियु चुनावबाट बामपन्थी एकता तोडिएको छ । कांग्रेस र माओवादीका नेताका अनुसार पाणिनी क्याम्पसको चुनावबाट सुरुबात भएको बताउदै लगत्तै हुने स्थानिय निकायको चुनावमा दुई पार्टीको एकता हुने एक नेताले बताए । जिल्लाको हरेक क्षेत्रको विकासका लागी कांग्रेस र माओवादी मिलिरहनु पर्ने माओवादीका एक नेताले बताए ।

Comments